आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेमा टुंगिएन उपाध्यक्षको संख्या, तीनदेखि ७ जनासम्म राख्न प्रस्ताव

एक्सप्रेस पाना
आश्विन १०, २०७८ आइतबार
  • 482
    SHARES
  • एमालेमा टुंगिएन उपाध्यक्षको संख्या, तीनदेखि ७ जनासम्म राख्न प्रस्ताव

    असोज १० काठमाडौं । नेकपा एमालेले उपाध्यक्षको संख्या स्थायी कमिटीबाट टुंगो लगाउने भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको तीनदेखि चलेको केन्द्रीय कमिटी बैठकमा तीनदेखि सात जनासम्मको प्रस्ताव आएको र यो अध्ययनकै क्रममा रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।  

    images

    यद्यपि सात जनाको प्रस्ताव गरिएकोमा तीन जना उपाध्यक्षमात्र हुने प्रस्ताव विधान संशोधनमा राखिएको छ । अन्य पदाधिकारीको संख्या भने नवौं महाधिवेशनअनुसार गर्ने टुंगो लागेको भट्टराईले बताए ।

    'सात जना उपाध्यक्ष राख्ने बारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने क्रममा सकारात्मक कुरा आएको छ । तर यसले कमिटीमा के प्रभाव पर्दछ त्यसलाई फेरि अध्ययन गरेर विधान महाधिवेशनसम्म ठोस धारणा बनाइनेछ,' उनले भने ।

    images

    उनका अनुसार विधान संशोधन प्रस्तावमा तीन जना उपाध्यक्षको प्रस्ताव गरिएको छ । ‘अहिले तीन जना उपाध्यक्षको प्रस्ताव आएको छ । बैठकले उपाध्यक्षको सात र पाँच जनाको प्रस्ताव आएकाले अहिल्यै नै हामी निर्णयमा पुगेका छैनौं । थप छलफल स्थायी कमिटीमा गर्दछौ,’ उनले भने ।