मंगलबार, भाद्र २३ गते २०८३
images

सुर सम्राट भक्तराज आचार्य हो : महामन्त्री विश्वप्रकाश शर्मा

एक्सप्रेस पाना
फाल्गुण १५, २०८० मंगलबार
  • 318
    SHARES
  • सुर सम्राट भक्तराज आचार्य हो : महामन्त्री विश्वप्रकाश शर्मा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्व.भक्तराज आचार्य सुर सम्राटका रुपमा परिचित रहेको बताएका छन्।

    images

    सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले स्वरसम्राट नारायणगोपाल भएझैँ सुर सम्राटको रुपमा स्व.आचार्य रहेको बताए।

    उनले स्व.आचार्यले नेपाली गीतरसंगीतमा दिएको योगदान, भाव, प्रभाव सदैव जीवित रहने बताए। 

    images

    उनले भने, ‘स्वर सम्राट नारायण गोपाल हुनुहुन्छ भने सुर सम्राट भक्तराज आचार्य हो। उहाँका सुरहरु र त्यसले चयन गरेका शब्द, त्यसको भाव त्यसले दिएको प्रभाव हामी सदैव सम्झिरहन्छौँ। उहाँ भौतिक रुपमा जानुभयो होला, भावनात्मक रुपमा संगीतमा उहाँ सदैव जीवित हुनुहुन्छ। यो एउटा स्वर्णिम अध्यायको रुपमा नेपाली संगीत प्रेमीहरुको बीचमा, नेपालीहरुको बीचमा सधैँ अमर रहिरहनुहुनेछ।’

    महामन्त्री शर्माले आचार्य सांगीतिक क्षेत्रमा स्वर्णिम अध्यायको रुपमा नेपाली संगीत प्रेमीहरुको बीचमा, नेपालीहरुको बीचमा सधैँ अमर रहिरहने बताए।

  • सम्बन्धित विषय:

  • # विश्वप्रकाश शर्मा