कामाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि जारी छ।
पार्टी केन्द्रीय कार्यालयस्थित पेरिसडाँडामा मंगलबारदेखि जारी बैठक आज बिहान ९ बजे सुरु भएको हो।
आजको बैठकमा नेताहरूको कार्यविभाजन टुंगो लगाउने छन्। भने सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखिएको विवाद तथा राष्ट्रियसभा अध्यक्ष चयनका विषयमा पनि बैठकले छलफल गर्नेछ।
बैठकमा अधिकांश सदस्यले कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने सुझाव दिएका छन्।
.jpg)


