काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
आज छापावाल सुन १ लाख १८ हजार २ सय र तेजाबी सुन १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघ ले जनाएको छ ।
मंगलबार छापावाल सुन १ लाख १८ हजार ३ सय, तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँ सस्तो भएर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको छ।


