काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अख्तियारको दायराभित्र निजी क्षेत्रलाई पार्न नहुने बताएका छन् ।
बिहीबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभित्र पार्ने प्रास्तावसहितका कानुन संसदीय समितिमा विचाराधीन रहेको भन्दै ढकालले ती प्रस्ताव पारित भएमा निजी क्षेत्र प्रभावित हुने बाताए ।
अध्यक्ष ढकालले निजी क्षेत्रलाई अख्तियारको दायराभित्र पर्ने कुराको निजी क्षेत्रका संघ संस्थाहरूले सुरुवातदेखि नै विरोध गरिरहेको जानकारी दिए ।
उनले भने, " निजीक्षेत्र अख्तियारको दायरामा पर्नु हुँदैन । निजी क्षेत्रलाई अख्तियारले हेर्ने भन्ने कुराको हामीले सुरुवातदेखि नै विरोध गरिरहेका छौं," निजी क्षेत्रको भ्रष्टाचार हेर्नैहुँदैन भन्ने पक्षमा भने आफ्नो धारणा नरहेको उनले बताए ।
.jpg)


