सोमबार, कार्तिक १७ गते २०८३
images
images

गुणस्तरहीन सामग्रीहरुको प्रयोग बन्द गर्न आवश्यक : सांसद अर्याल

एक्सप्रेस पाना
फाल्गुण १७, २०८० बिहीबार
  • 297
    SHARES
  • गुणस्तरहीन सामग्रीहरुको प्रयोग बन्द गर्न आवश्यक : सांसद  अर्याल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्यालले सिंहदरबारको पहुँच बाहिरका नागरिकले सधैं असुरक्षित रहनुपर्ने हो भन्दै प्रश्न गरेका छन् ।

    images

    बिहिबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उनले जनताले बनाएका संरचनाहरुमा प्रयोग हुने सामग्रीहरुको गुणस्तर मापन हुन नसकेको बताएका हुन् । 

    अर्यालले सरकारले बनाउने संरचनामा गुणस्तर पास नभएका सामग्रीहरु नागरिकहरुले संरचना बनाउँदै प्रयोग भइरहेको बारे सरकारले ध्यान दिनुपर्ने बताए । 

    images

    उनले सिंहदरबार सबै सुरक्षित  र बाहिर सबै असुरक्षितको स्थिति आएको  बताए । गुणस्तरहीन सामग्रीहरुको प्रयोग बन्द गर्न आवश्यक रहेको अर्यालको भनाई छ ।  


     

     

  • सम्बन्धित विषय:

  • # सांसद डोलप्रसाद अर्याल