मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राप्रपाले गर्यो सार्वजनिक महत्वको प्रस्ताव दर्ता

एक्सप्रेस पाना
फाल्गुण १७, २०८० बिहीबार
  • 213
    SHARES
  • राप्रपाले गर्यो सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रसिया र युक्रेनको युद्धमा नेपालीहरूलाई सहभागी गराइएको भन्दै  प्रतिनिधि सभामा सो विषयमा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

    images

    राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रस्तावक र  अन्य सांसदहरू  समर्थक रहेर रसिया र युक्रेन बीचको युद्धमा नेपालीहरू सहभागी गराइएको भन्दै प्रतिनिधि सभामा छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो । बिहीबार संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय समक्ष पुगेर प्रस्ताव दर्ता गरिएको हो ।

    प्रस्तावमा नेपालीहरूलाई आर्थिक प्रलोभनमा पारी रसिया र युक्रेन युद्धमा सहभागी गराइएको उल्लेख गरिएको छ । मानव तस्करी गरी युद्ध स्थलमा नेपालीलाई पठाएकाले यो विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै नेपालीहरूको ज्यान बचाउनका लागि जरुरी सार्वजनिक प्रस्ताव पेस गरिएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए । उनले युद्ध भूमिमा फसेकाहरूलाई तत्काल उद्धार गर्न अत्यावश्यक भएको पनि बताए ।

    images

    संघीय संसद सचिवालयका महासचिव पाण्डेयले यस प्रस्तावलाई छिटोभन्दा छिटो प्रक्रियामा लैजाने बताए ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय प्रजातन्त्र पार्टी