काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ र बिक्रीदर ८६ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४४ पैसा थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०९ पैसा निर्धारण भएको छ। भने बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६८ रुपैयाँ २८ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २१ पैसा र बिक्रीदर ४३२ रुपैयाँ १६ निर्धारण भएको छ। भने
बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ।
.jpg)


