काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनको भतरपुर महानरपालिकामा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् ।
शुक्रबार भरतपुर भ्रमणवर्ष २०२४ को उद्घाटन कार्यक्रममा पुगेका पूर्वप्रधानमन्त्री ओलीले भरतपुर सुन्दर महानगरपालिका भएको बताए ।
ओलीले आफू प्रधानमन्त्री हुँदा नयाँ कामको सुरुवात गरेको स्मरण गरे । “यस ठाउँको प्रगति तीव्र गतिमा हुन सक्दछ,” ओलीले भने ।
उनले चितवनलाई शिक्षा, स्वास्थ्यको हब बनाउन सकिने बताउदैं चितवनमा कृषि क्षेत्रमा देशलाई बाटो देखाउने कुरामा, पशुपालन मत्स्यपालनमा मार्गदर्शकको रूपमा विकास गर्न सकोस् भन्ने कामना गरे ।
ओलीले आफूले निम्ता अस्वीकार गर्न नसकेर मात्रै कार्यक्रममा उपस्थित भएको बताए ।
“निम्तालाई अस्वीकार गर्न नसकेर, निम्ता मान्न आएको छु,” उनले भने, “यो ठाउँको विकास हुन सकोस् । म र मेरो पार्टीको सहयोगी हुन सधैँ तत्पर छ ।”
व्यक्तिगत रूपमा पर्यटन विकासका लागि केही गर्न आफू पनि तयार रहेको बताए । “भरतपुर महानगरपालिकालगायत चितवन भ्रमणमा आगामी एक वर्षभित्र सपरिवार व्यापक रूपमा भ्रमण गर्ने योजना बनाउने सोच बनाएको छु,” ओलीले भने ।
.jpg)


