काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भरतपुर भ्रमण वर्ष–२०२४ को उद्घाटन समारोहले राष्ट्रिय एकताको सन्देश दिएको बताएका छन् ।
शुक्रबार भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त कार्यक्रम भ्रमण वर्षको उद्घाटन समारोहमा मात्रै सीमित नभएर प्रमुख राजनीतिक दल र नेताहरुको राष्ट्रिय एकताको सन्देशसहितको उद्घाटन समारोह बन्न पुगेको उनले बताएका हुन् ।
‘प्रधानमन्त्री दाहालले भने भ्रमण वर्षको मात्रै उद्घाटन समारोह भएन । यो देशका सबै प्रमुख राजनीतिक दल र नेताहरुको राष्ट्रिय एकताको सन्देशसहितको उद्घाटन समारोह पनि भयो । यो सरकार र निजी क्षेत्रका नयाँ संकल्पनको उद्घाटन समारोह, समृद्धिको यात्रामा हामीसँगै छौं भन्ने सन्देश पनि गए,’– ।
उद्घाटन समारोह निकै अर्थपूर्ण प्रमाणित भएको प्रचण्डले बताए । भ्रमण वर्षको आकार्षणअन्तर्गत अन्तर्राष्ट्रिय सफारी मार्ट, जंगल फेष्टिभल, युवा सम्मेलन, अन्तर्राष्ट्रिय लगानी सम्मेलन, साहित्यिक कार्यक्रम, र्याली म्याराथुन, मेमिनार, लेखकहरुको भ्रमण, जातीय, सांस्कृतिक कार्यक्र रहेको उनले बताए ।
उक्त उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसहित पूर्व प्रधानमन्त्रीहरु तथा राजनितिक दलका शिर्ष नेताहरुको सहभागी थियो ।
.jpg)


