आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रिय सभाका २० सांसदको आजबाट कार्यकाल सकिदैं

एक्सप्रेस पाना
फाल्गुण २०, २०८० आइतबार
  • 220
    SHARES
  • राष्ट्रिय सभाका २०   सांसदको आजबाट कार्यकाल सकिदैं

     काठमाडौं । आजबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको कार्यकाल सकिँदैछ। 

    images

    ६ वर्षे कार्यकाल निर्धारण भएका २० सांसदको कार्यकाल आज रातिबाट सकिन लागेको हो। राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ।

     पदावधि सकिनेमा नेकपा एमालेबाट ९, नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्रबाट ३, एकीकृत समाजवादीबाट २, जसपाबाट १ र एकजना स्वतन्त्र सांसद रहेका छन्।

    images

    आजबाट रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ। सो निर्वाचनबाट चुनिएका सांसदको सोमबार शपथ ग्रहण  गर्ने छन् भने बाँकी एक पदमा सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्थ छ। 

    नेकपा एमालेबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई र विमला राई पौड्याल हुन् भने नेपाली कांग्रेसबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव  हुन् छ।

    त्यस्तै माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरीहुन भने एकीकृत समाजवादी– नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा हुन्।

    जसपाबाट प्रमिलाकुमारी यादव  र  स्वतन्त्र सांसद खिमलाल देवकोटा हुन् । 

  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभा