बुधबार, भाद्र २४ गते २०८३
images

सूचना प्रविधिको गुणात्मक विकासले देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने : प्रधानमन्त्री दाहाल

एक्सप्रेस पाना
फाल्गुण २०, २०८० आइतबार
  • 263
    SHARES
  • सूचना प्रविधिको गुणात्मक विकासले   देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने  : प्रधानमन्त्री दाहाल

     काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बताएका छन् ।

    images

    आइतबार एक कार्यक्रमलाई  सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताएका हुन । 

     उनले भने, ‘आजको परिस्थितिमा देशको सार्वभौमिकता, अखण्डता, आन्तरिक एकता र सद्भाव जस्ता पक्षहरूको केन्द्रमा सूचना प्रविधि आएको छ ।’ ,‘देशभित्रै सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाले नै देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने ठाउँमा सिङ्गो विश्व आइपुगेको तथ्य हामीले हेक्का राख्नै पर्छ ।’

    images

    उनले कृतिम बौद्धिकका बहुआयमिक लाभ र केही चुनौतीहरूको गम्भीर अध्ययन गरी आवश्यक नीतिहरू तर्जुमा गर्न अब ढिलाइ गर्न नहुने बताए ।

    कृत्रिम बौद्धिकता प्रविधिमा असीम सम्भावनाहरू रहे पनि रोजगारी विस्थापन, पूर्वाग्रह र निष्पक्षताका सवाल, गोपनीयताका सवालहरूमा चुनौती पैदा भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले साइबर सुरक्षा, नैतिक दुबिधा, सामाजिक विग्रह, निर्भरता र स्वायत्तता, आदिका कारणले समाजमा थप असमानताहरू थपिन सक्ने जोखिम औँल्याए । 

     

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री पुष्पकमल दाहाल