सोमबार, कार्तिक १७ गते २०८३
images
images

बैंकलक्षित अराजक गतिविधिले कर्जा विस्तारमा प्रभाव पार्छ:गभर्नर अधिकारी

एक्सप्रेस पाना
फाल्गुण २०, २०८० आइतबार
  • 223
    SHARES
  • बैंकलक्षित अराजक गतिविधिले कर्जा विस्तारमा प्रभाव  पार्छ:गभर्नर  अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकलक्षित अराजक गतिविधिले कर्जा विस्तारमा प्रभाव पर्ने बताएका छन् ।

    images

     सडकमा अराजक गतिविधि चलाएर फाइदा लिन खोज्ने बढ्दा जोखिम बढेको उनको भनाइ छ ।

    आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्ता गतिविधि रोक्नुपर्ने बताए । उनले संस्था कमजोर बनाएर स्वार्थ पूर्ति गर्न खोज्ने बढेको बताए ।

    images

    “अहिले सडकमा अराजकता बढेको छ । यसले बैंकको कर्जा विस्तारमा असर गर्छ । यसलाई रोक्नुपर्छ,” उनले भने, “कतिपय अराजक फैलाएर त्यसको फाइदा लिन खोज्नेको पछि छन् ।” 

  • सम्बन्धित विषय:

  • # गभर्नर महाप्रसाद अधिकारी