सोमबार, कार्तिक १७ गते २०८३
images
images

जिफन्टले मार्च ४ लाई मजदुरहरूको महान चाडको रूपमा मनाउने

एक्सप्रेस पाना
फाल्गुण २०, २०८० आइतबार
  • 311
    SHARES
  • जिफन्टले मार्च ४ लाई मजदुरहरूको महान चाडको रूपमा मनाउने

    काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले मार्च ४ लाई मजदुरहरूको महान चाडको रूपमा मनाउने भएको छ ।

    images


    आईतवार काठमाडौँमा पत्रकार सम्मेलन गरी महासंघले यसबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद श्रेष्ठले नेपाली ट्रेड युनियन आन्दोलनको स्थापनाको दिनको स्मरण गर्दै अबदेखि मार्च ४ लाई मजदुरहरूको महान चाडका रूपमा मनाउने घोषणा गरे ।

    महासंघले फागुन २१ गते आन्दोलनको ७७ औँ वार्षिकोत्सव मनाउने बताएको छ । कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नहुने महासंघले जनाएको छ ।

    images

    सो अवसरमा जिफन्टले ‘चुनौतिसँग जुध्दै नेपाली ट्रेड युनियन आन्दोलन’ कृतिको विमोचन गर्ने जिफन्टले बताएको छ । फागुन २२ गते उक्त अध्ययनमा आधारित रही अन्तर्राष्ट्रिय सहभागीहरूसहित नेपालको ट्रेड युनियन आन्दोलनका उपलब्धि, चुनौती र सम्भावनाहरूको बारेमा छलफल गर्ने पनि जिफन्टले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल ट्रेड युनियन महासंघ