मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रियसभाका नवनिर्वाचित  १९ सदस्यले आज शपथग्रहण गर्ने

एक्सप्रेस पाना
फाल्गुण २१, २०८० सोमबार
  • 216
    SHARES
  • राष्ट्रियसभाका नवनिर्वाचित  १९ सदस्यले आज शपथग्रहण गर्ने

    काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित  १९ सदस्यले आज शपथग्रहण गर्ने भएका छन् ।

    images

    संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिएपछि नवनिर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका हुन् ।

    शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुनेछ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आइतबार मध्यराति सकिएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने कार्यक्रम छ ।

    images

    गत माघ ११ गते सम्पन्न निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए । एकजना सदस्य राष्ट्रपतिबाट मनोनित हुने छन् । शपथग्रहणपछि नवनिर्वाचित सदस्यहरू आजको राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन् । राष्ट्रियसभाको बैठक दिउँसो १ ः १७ बजेका लागि बोलाइएको छ ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभाका