आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित

एक्सप्रेस पाना
फाल्गुण २१, २०८० सोमबार
  • 379
    SHARES
  • प्रतिनिधिसभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित

    काठमाडौं ।  प्रतिनिधिसभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । 

    images

    सत्ता गठबन्धनमा आएको फेरबदलसँगै संघीय संसद सचिवालयले सोमबार बिहान ११ बजेका लागि तय भएको बैठक सूचना प्रकाशित  गरेर स्थगित गरेको हो ।

    विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि स्थगित गरिएको सचिवालयले जनाएको छ ।

    images

    कांग्रेस नेतृत्वको गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेलगायतका दलहरूसँग सहकार्य अघि बढाएको छ । 

    431520959_705363295120241_6623253651265195168_n.jpg

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक