काठमाडौं । बजारमैत्री सरकार र अर्थमन्त्री आउने विश्वासले लगानीकर्ताको मनोबल बढ्दा सेयर बजारमा एकपछि अर्को पोजिटिभ सर्किट लागेको छ ।
कारोबार सुरु भएको ४ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि पहिलो सर्किट लगाएर २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो ।
त्यसपछि पुनः खुलेको बजारमा उछाल रोकिएन । फेरि कारोबार सुरु भएको एक मिनेटमै नेप्से ५ प्रतिशतले बढेपछि दोश्रो पटक सर्किट लगाएर नेप्सेले ४० मिनेटका लागि कारोबार स्थगित गरेको छ ।
अब ४० मिनेटपछि खुल्ने बजार फेरि ६ प्रतिशतले बढेमा आज दिनभरका लागि कारोबार निलम्बन हुनेछ ।
.jpg)


