काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। यो हिजोकै दर हो। अमेरिकी डलरको मूल्य विगत तीन दिनदेखि घटवढ भएको छैन।
त्यसैगरी आजको लागि युरो १ को खरिदर १४३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ १४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७९ पैसा थियो।
आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। भने अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ९९पैसा र बिक्रीदर ४३१ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ।

.jpg)


