काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।
नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन छाडेर वाम गठबन्धनको सरकार फर्काउने निर्णयपछि प्रधानमन्त्री शीतल निवास पुगेका हुन्।
त्यहाँ उनले परिवर्तित राजनीतिक घटनाक्रमबारेमा राष्ट्रपतिलाई बताउने छन् भने नेकपा एमालेसहितको नयाँ समीकरणमा सरकार पुनर्गठनको निर्णयबारे पनि उनले राष्ट्रपतिलाई जानकारी दिने भएका छन्।


