काठमाडौं । नेप्से परिसूचक ११७.७० अंक(६ प्रतिशत)ले बढेर २०७८ को विन्दूमा बन्द भएको छ ।
नयाँ सत्ता समीकरणले लगानीकर्तामा उत्साह देखिँदा बजार खुलेदेखि नै ने एकपछि अर्को पोजिटिभ सर्किट लागेको थियो । दोश्रो सर्किट ब्रेकर लगाई ४० मिनेटका लागि कारोबार स्थगित गरे पछि खुलेको बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक ६ प्रतिशतले बढ्यो । फलस्वरुप नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले सोमबारका लागि कारोबार स्थगन गरिदिएको हो ।
यसरी हेर्दा सोमबार बजारमा ६ मिनेट पनि कुल कारोबार हुन पाएन । नेप्सेमा कारोबार खुलेको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेटका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।
दोस्रो पटक ५ प्रतिशतले घटबढ भए बजार ४० मिनेटका लागि स्थगन हुन्छ भने तेस्रो पटक ६ प्रतिशतले बजार भटबढ भए दिनभरका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।


