आइतबार, कार्तिक १६ गते २०८३
images
images

नवनिर्वाचित सांसदहरूले लिए शपथ

एक्सप्रेस पाना
फाल्गुण २१, २०८० सोमबार
  • 233
    SHARES
  • नवनिर्वाचित सांसदहरूले लिए शपथ

    काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । 

    images

    सङ्घीय संसद् नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरूले सोमबार शपथ लिएका हुन् । 

    रिक्त २० जना राष्ट्रियसभा सदस्यमध्ये १९ जना सांसदहरूले राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालबाट शपथ लिएका हुन् ।

    images

    उनीहरू गत माघ ११ गते भएको निर्वाचनबाट निर्वाचित भएका थिए । बाँकी एक जना सदस्यले भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएपछि मात्र शपथ लिनेछन् ।

    सोमबार शपथ लिने सांसदहरूमा रुक्मिणी कोइराला, कृष्णप्रसाद सिटौला, पूजा चौधरी, आनन्दप्रसाद ढुङ्गाना, विष्णुदेवी पुडासैनी, जितजङ्ग बस्नेत, मनरुपा शर्मा रहेका छन् ।


    त्यसैगरी पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, सावित्री मल्ल,  विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, रेणु चन्द, नारायणदत्त भट्ट र बलदेव बोहरा रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभा