मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नयाँ सत्ता गठबन्धनका तीन  नयाँ मन्त्री आजै शपथ लिने

एक्सप्रेस पाना
फाल्गुण २१, २०८० सोमबार
  • 260
    SHARES
  • नयाँ सत्ता गठबन्धनका तीन  नयाँ मन्त्री आजै शपथ लिने

    काठमाडौं । नयाँ सत्ता गठबन्धनका तीन  नयाँ मन्त्री आजै शपथ लिने भएका छन् ।

    images

    सोमबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

    उनका अनुसार अरू शीर्ष नेताहरू मन्त्रालयको टुंगो लागेपछि सरकारमा सहभागी हुनेछन् । 

    images

    गिरी पर्वत, तामाङ नुवाकोट–१ र अर्याल रास्वपाबाट सामानुपातिकमा निर्वाचित सांसद हुन् । यसअघि माओवादीबाट पुन र रास्वपाबाट सभापति रवि लामिछाने आजै सरकारमा सहभागी हुने तयारी भएको थियो ।

    तर मन्त्रालयको भागबण्डा र मन्त्रीहरूको वरियता नटुंगिएसम्म शीर्ष नेताहरू सहभागी नहुने निर्णय भएपछि यी तीन नेता सरकारमा सहभागी हुन लागेका हुन् । यी तीन मन्त्रीको शपथ आजै हुने पुनले जानकारी दिए ।