काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुुकको विकास र समृद्धिका निम्ति परिवर्तन आवश्यक भएको बताएका छन् ।
सोमबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को ७७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले देशको परिस्थिति छिटोछिटो फेरबदल भएको उल्लेख गदैं यथास्थितिको अन्त्य र अग्रगमनका निम्ति देशमा परिवर्तन आवश्यक भएको बताएका हुन ।
अध्यक्ष ओलीले भने, “अहिलेको भताभुंग अवस्थाबाट मुलुकले, आंशिक रूपमा भए पनि केही सकारात्मक परिवर्तन हुन्छ । तर, जेसुकै परिवर्तन भए पनि हामी ‘मिसन–२०८४’ छाड्दैनौँ । अब हुने २०८४ सालको निर्वाचनमा एमालेले आफूलाई राष्ट्रिय शक्तिका रूपमा निर्वाचित हुने र त्यसलाई निर्णायक शक्तिका रूपमा विकसित गरी मुलुकको विकास र समृद्धिमा तीव्रतापूर्वक काम गर्ने हाम्रो अभियान जारी रहनेछ ।’’
अध्यक्ष ओलीले मजदुरले हड्ताल र बन्द गर्न नपर्ने गरी नीतिगत र कानुनी प्रबन्ध गर्दै कार्यान्वयनमा लाग्न जोड दिदैँ उनले युवालाई उद्यमशीलतामा परिचालित गरेर रोजगारी बढाउन आग्रह गरे ।
.jpg)


