काठमाडौं । नयाँ गठबन्धनले सत्ताको भागबन्डाका लागि ४ सदस्यीय कार्यदल बनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बालुवाटार बैठकले नयाँ सरकारमा मन्त्रीहरुको सङ्ख्या र कार्यविभाजन टुङ्ग्याउन चार सदस्यीय कार्यदल बनाइएको हो ।
जसमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीवाट सभापति रवि लामिछाने र जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।
आजै बेलुका ५ बजेपछि नयाँ मन्त्रीहरूले सपथ लिने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
.jpg)


