मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक हो : विप्लव

एक्सप्रेस पाना
फाल्गुण २१, २०८० सोमबार
  • 255
    SHARES
  • जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक  हो : विप्लव

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका छन् । 

    images

    सोमबार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तर्क्रियामा बोल्दै महासचिव विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताएका हुन् ।


    उनले देशमा नायकहरूलाई अपराधीजस्तो र अपराधीहरूलाई नायकजस्तो बनाउने परिस्थिति रहेको बताए । जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको बताउदैं जनयुद्धको प्रतिफल नै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उनको भनाइ छ । 

    images

     "संघीय लोकतान्त्रिक गणतन्त्र भनेको जनयुद्ध, जनआन्दोलन, नेपालका सम्पूर्ण विद्रोहको रूपमा जन्मिएको सन्तान हो यो । अहिले मान्छेहरूले के भन्छन् भने जनयुद्धलाई त औचित्यहीन भन्न थाले । जनयुद्ध त केही पनि होइन, उस्तै परे अपराध भन्न थाले । त्यो देख्दाखेरी इतिहासको मजाक जस्तो लाग्छ मलाई । कस्तो फिल हुन्छ भने नायकहरू अपराधीजस्तो । र अपराधीहरू नायकजस्तो बन्ने परिस्थिति पनि नेपालमा बनेको छ नि ।" उनले भने । 

     

  • सम्बन्धित विषय:

  • # नेत्रविक्रम चन्द