काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ ।
सोमबार लगातार ३ पटक सकारात्मक सक्रिट हानेर बन्द भएको शेयर बजार आज ७०.३१ अंकले घटेको छ । आज नेप्से ३.३८ प्रतिशतले घटेर २००७.६९ विन्दुमा कायम हो ।
आज १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता शेयर ४ अर्ब ११ करोड ३७ लाख ७६ हजार रुपैयाँमा किनबेच भएको छ ।
आज ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ । २ कम्पनीको शेयर भने किनबेच भएको छैन ।


