मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सरकारलाई दिएको समर्थन फिर्ता लिदै कांग्रेस

एक्सप्रेस पाना
फाल्गुण २२, २०८० मंगलबार
  • 272
    SHARES
  • सरकारलाई दिएको समर्थन फिर्ता लिदै कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

    images

    मंगलबार दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने कार्यसम्पादन समितिको बैठकबाट कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो ।

    कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट तीन वटा निर्णय हुने बताए ।

    images

    ‘आज हामीले तीन वटा निर्णय गर्छौँ,’ उनले भने, ‘सरकारबाट फिर्ता हुने, सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय लिने गर्छौँ ।’

    माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र माओवादीका मन्त्री बर्खास्त गर्ने नीति लिएको छ ।