काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।
नयाँ सत्ता गठबन्धन बनेपछि सरकारमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो । बैठक बिहान ११ बजे देखि सुरू हुनेछ ।
एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सामेल गराउन नेकपा माओवादी केन्द्र र नेकपा एमालेले पहल गरिरहेका छन् ।
सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि निर्णय लिइने बताइएको छ ।
.jpg)


