काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार(आज) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९३ पैसा थियो।
त्यस्तै युरो १ को खरिदर १४३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ।
अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ, भने कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ १२ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ।

.jpg)


