मंगलबार, कार्तिक १८ गते २०८३
images
images

लुम्बिनी प्रदेशमा माओबादीका दुई मन्त्री बर्खास्त

एक्सप्रेस पाना
फाल्गुण २३, २०८० बुधबार
  • 220
    SHARES
  • लुम्बिनी प्रदेशमा माओबादीका दुई मन्त्री बर्खास्त

    काठमाडौं । लुम्बिनी प्रदेशका  नेकपा माओबादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् ।  

    images

    प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई पदबाट बुधबार बर्खास्त गरेका हुन्।

    मास्की अर्थ र केसी सहरी विकास मन्त्री थिए। मन्त्री बर्खास्तमा परेपछि माओवादी केन्द्रले पनि आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । 

    images

    यसअघि सुदूरपश्चिम र गण्डकीबाट पनि माओवादीका मन्त्री बर्खास्त भईसकेका छन् । 

    यी तीन वटै प्रदेशको नेतृत्व कांग्रेसले गरिरहेको छ । केन्द्रको सत्ता समीकरण बदलिएपछि प्रदेश सरकारहरु धमाधम परिवर्तन गर्ने कसरत भईरहेको छ ।

    चौधरी गत वैशाख १४ गते नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य सबै ८ दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए। 

  • सम्बन्धित विषय:

  • # धनबहादुर मास्की