बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल टेलिकमले प्रयोगकर्ताका लागि घटायो डाटा रोमिङ शुल्क

एक्सप्रेस पाना
फाल्गुण २३, २०८० बुधबार
  • 362
    SHARES
  • नेपाल टेलिकमले प्रयोगकर्ताका लागि घटायो डाटा रोमिङ शुल्क

    काठमाडौं । नेपाल टेलिकमले विदेशमा आफ्ना सिम प्रयोगकर्ताका लागि सस्तो दरमा डाटा रोमिङ सेवा घटाएको छ ।

    images

     विदेशमा भएका नेपाल टेलिकमका प्रयोगकर्ताले सबैभन्दा बढी डाटा रोमिङ सेवा प्रयोग गर्ने गरेको र सेवा सञ्चालनमा रहेको मुलुकमा रहेका रोमिङ पार्टनरहरूसँग सम्झौता गरी शुल्क घटाएको हो ।

    टेलिकमका अनुसार अब नेपाल टेलिकमको पोस्टपेड तथा प्रिपेड सिम प्रयोगकर्ताहरूले विश्वमा रहेका २८ देशका रोमिङ पार्टनरहरूको नेटवर्कमा आबद्ध भई डाटा रोमिङ सेवा प्रयोग गर्दा सस्तो मूल्यमा डाटा सेवा उपलब्ध हुनेछ । 

    images

      नेपाल टेलिकमकै पोस्टपेड तथा प्रिपेड सिम प्रयोग गरी अस्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, क्यानडा, चीन, ग्रीस, हंगेरी, आयरल्यान्ड, इजरायल, इटाली, जापान र कोरियामा सस्तो दरमा डाटा रोमिङ सेवा उपलब्ध हुनेछ । 

    त्यसैगरी मलेसिया, म्यानमार, नेदरल्यान्ड, ओमान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरेयिबा, सिंगापुर, श्रीलंका, स्विजरल्यान्ड, युएई, युके, युएसए र भियतनाममा समेत सस्तो दरमा डाटा रोमिङ सेवा प्रयोग गर्न सकिने छ । 

    रोमिङ सेवा र यसको महसुलदर बारेमा विस्तृत विवरण एनटीसीको वेबसाइटमा उपलब्ध रहेको टेलिकमले जनाएको छ । र डाटा रोमिङ सुविधा प्रयोग गर्न ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्ने टेलिकमले जनाएको छ ।

    परिमार्जित दररेट सस्तो र सुलभ हुने भएकोले रोमिङ सेवा प्रयोगकर्ताहरुका लागि डाटा रोमिङ सेवा उपयोगी हुने र  सेवा प्रयोग गर्ने परिपाटीमा वृद्धि हुने अपेक्षा कम्पनीको रहेको छ । 

     

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम