काठमाडौं । साताको चौथोे कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सामान्य अंकको वृद्धि भएको छ ।
बुधबार नेप्से परिसूचक ९.३३ अंक अर्थात ०.४६ प्रतिशतले बढेर २०१७.०३ विन्दुमा पुगेको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा कम्पनीको ९१ लाख ३८ हजार १५४ कित्ता सेयर ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि ०.२९ प्रतिशतले बढेर ३५८.३७ विन्दुमा पुगेको छ ।


