मंगलबार, कार्तिक १८ गते २०८३
images
images

हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन

एक्सप्रेस पाना
फाल्गुण २४, २०८० बिहीबार
  • 263
    SHARES
  • हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन गृहमन्त्री  लामिछानेको निर्देशन

    काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउने बताएका छन् ।  

    images

    बुधबार गृह मन्त्रालयमा पदबहाली  गरे संगै उनले व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने बताएका हुन् । उनले भने, “सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्, हडपिएका सरकारी जमिन सरकारको नाममा ल्याउनुस् ,“नागरिकलाई दुःख दिने खालका कुुरा आफूलाई सैह्य हुँदैन, बर्दी लगाएको प्रहरी देख्दा नागरिकलाई सुरक्षा महसुस हुनुपर्छ, सोहीअनुसार काम गर्नु होला” ।


    गृहमन्त्री लामिछानेले नेपाली नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति हुने खालका काम गर्न निर्देशन समेत दिए । 

    images

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री लामिछाने