मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मन्त्रिपरिषद्को निर्णय ,मन्त्री चौधरी न्युयोर्क जाने

एक्सप्रेस पाना
फाल्गुण २४, २०८० बिहीबार
  • 215
    SHARES
  • मन्त्रिपरिषद्को निर्णय ,मन्त्री चौधरी न्युयोर्क जाने

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छन् ।

    images

    बिहीवार बसेको पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकबाट मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकिएको हो । उनी यसअघि पनि सरकराको प्रवक्ताको जिम्मेवारीमा थिइन् । 

     बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरिएको जानकारी गराइन् ।

    images

    सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने उनले बताइन् ।


    गएको बुधबार पुनर्गठन भएको  मन्त्रिपरिषद्मा २० सदस्यीय छन ।