मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नवनियुक्त परराष्ट्रमन्त्री श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवबिच शिष्टाचार भेटवार्ता

एक्सप्रेस पाना
फाल्गुण २४, २०८० बिहीबार
  • 251
    SHARES
  • नवनियुक्त परराष्ट्रमन्त्री श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवबिच शिष्टाचार भेटवार्ता

    काठमाडौं ।  नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच शिष्टाचार भेटवार्ताभएको छ ।  

    images

    बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । श्रेष्ठ परराष्ट्रमन्त्री लाई भेट्न राजदूत श्रीवास्तव मन्त्रालयमा पुगेका हुन् । 

    भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रको जिम्मेवारी सम्हालेकामा श्रेष्ठलाई बधाई तथा शुभकामना दिदै परराष्ट्रमन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच नेपाल–भारत द्विपक्षीय हितका विषयमा कुराकानी भएको मन्त्रालयले जानकारी गराएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ