काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको निजी सम्बन्धमा अहिले पनि उत्तिकै सद्भाव रहेको बताएका छन्।
बिहिबार प्रतिनिधिसभा बैठकमा बोल्दै यस्तो बताएका हुन । उनले भने,‘११ महिनाको साथ र सहकार्यप्रति माननीय शेरबहादुर देउवा र साथीहरूप्रति आभारी छु। निजी सम्बन्धमा मेरो तर्फबाट उत्तिकै सद्भाव छ। राजनीतिमा व्यक्तिगत सम्बन्धमाथि राजनीतिक परिणाम निर्णायक हुँदा रहेछन्,’। नेपाली कांग्रेसको नेतृत्व र मेरोबीच व्यक्तिगत अविश्वास थिएन। टिकिरहनु मात्रलाई स्थायित्व मान्ने हो भने समस्या त्यहाँ थिएन,’ ।
कांग्रेससँगको गठबन्धनमा हुँदा आफू अप्ठेरोमा नभएको भन्दै उनले प्रधानमन्त्री पद पनि असुरक्षित नभएको बताए।
‘व्यक्ति पुष्पकमल दाहाल प्रचण्डका रुपमा कुनै समस्या वा अप्ठेरोमा थिइनँ। न मेरो प्रधानमन्त्री पद नै असुरक्षित थियो,’ उनले भने।


