काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीवित छँदासम्म उथलपुथल गर्छु भनेर भनेको कुराप्रति ध्यानाकर्षण गराएका छन्।
बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उथलपुथल गर्छु भन्नेबारे इतिहासले देखाउने बताएका हुन् ।
‘प्रधानमन्त्रीले जीवित छँदासम्म उथलपुथल गर्छु भन्नुभएको छ। एक त उथलपुथ गर्छु भन्नुभएको छ। मेरो आग्रह के छ भने, हजुरको उमेर १ सय वर्ष होस्। बरु मेरो पनि उमेर तपाईंलाई लाग्छ भने मेरो घटोस् हजुरको नघटोस्,’ उनले भने।
.jpg)


