काठमाडौं । नेपाली कांग्रेसले नयाँ सत्ता समीकरण बनेसँगै मुलुक अस्थिरतातर्फ गएको बताएको छ।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्नो पार्टीभित्र प्रधानमन्त्री दाहालले विश्वासघात गरेको बताउदै चुनावबाटै गठबन्धन गरेको स्मरण गराउँदै उनले यसलाई जनमतको पनि अपमान भएको बताएका हुन्।
उनले भने, गठबन्धन भत्काउने भनेको यो कांग्रेसमाथि होइन, यो जनमतको पनि घोर अपमान हो। गठबन्धनमा भएका प्रतिवद्धता एकातिर छ, गठबन्धनका तर्फ नै अविश्वास व्यक्त भएर गतिविधि अघि बढे,’ ।
राजनीति मर्यादा र सम्मानले मात्रै नभएको भन्दै गठबन्धनको मर्मविपरीत गठबन्धन भत्काएको बताए ।
.jpg)


