काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १३.५१ अंकले बढेको छ।
आज नेप्से ०.६७ प्रतिशतले बढेर २०३०.५५ विन्दुमा बन्द भएको हो । नेपाल स्टक एक्सचेन्जको अनुसार आज बजारमा ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८२० रूपैयाँको सेयर कारोबार भएको छ।
यस दिन ३०९ वटा धितोपत्रको ८९ लाख २९ हजार १५२ कित्ता सेयर किनबेच भएको छ । १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ५९ वटाको घटेको छ।
यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
.jpg)


