मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रियसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

एक्सप्रेस पाना
फाल्गुण २४, २०८० बिहीबार
  • 268
    SHARES
  • राष्ट्रियसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

    काठमाडौं । राष्ट्रियसभामा लोकसेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन, २०७९/८० पेस भएको छ । 

    images

     बिहिबारको सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट खानेपानीमन्त्री राजेन्द्रकुमार राईले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

    बैठकमा सभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराएका थिए ।

    images

    बैठकमा राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभामा