सोमबार, कार्तिक १७ गते २०८३
images
images

वर्तमान सरकारमा सहभागी हुन अरु दलहरुलाई एमालेको आग्रह

एक्सप्रेस पाना
फाल्गुण २५, २०८० शुक्रबार
  • 262
    SHARES
  • वर्तमान सरकारमा सहभागी हुन अरु दलहरुलाई  एमालेको आग्रह

    काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारमा सहभागी हुन अरु दलहरुलाई पनि आग्रह गरेको छ ।

    images

    शुक्रबार बिहान केन्द्रीय कार्यालय च्यासलमा  बसेको सचिवालय बैठकले पाँच दल सम्मिलित वर्तमान सरकारलाई साथ दिन अरु दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको हो ।

    बैठकपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताका निराशालाई आशामा बदल्नुपर्ने र मुलुकको हित र स्वाधिनताको रक्षा गर्नुपर्ने भएकाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा पाँच दल सम्मिलित सरकार गठन गरिएको भन्दै सरकारलाई साथ र समर्थनका लागि अरु दललाई अनुरोध गरेको बताए ।

    images

    यो सत्ता सहकार्य मुलुकको स्वाधिनता, विकास र समृद्धिको पक्षमा फलदायी हुने विश्वास राखेको पनि उनले बताए ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले