काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् ।
मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
उनले धार्मिक कार्यक्रमहरूमा समेत राजनीति गर्नेहरूलाई सामल गराउँदा धर्ममा पनि राजनीतिको प्रभाव बढ्दै गइरहेको बताए । धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको बताउदै उनले धामिक कार्यक्रममा समाज उत्थानका कुरा हुनुपर्नेमा जोड दिए ।
उनले भने ‘धर्ममा पनि राजनीति हुँदा समाजमा विकृति बढ्दै गइरहेको छ, यसलाई हामीले रोक्नु पर्छ । धार्मिक कार्यक्रमहरूमा समाज उत्थानको कुरा हुनुपर्छ, समाजलाई कसरी जोड्ने त्यसतर्फ छलफल हुनुपर्छ न कि यस्ता कार्यक्रमहरूमा समेत नेता कार्यकर्ताहरूलाई बोलाएर तामझाम गर्नुपर्छ ।’
.jpg)


