मंगलबार, कार्तिक १८ गते २०८३
images
images

इलाम उपनिर्वाचन : सुहाङसहित एमालेका ५ नेताले दिए पार्टीमा निवेदन

एक्सप्रेस पाना
फाल्गुण २७, २०८० आइतबार
  • 222
    SHARES
  • इलाम उपनिर्वाचन : सुहाङसहित एमालेका ५ नेताले दिए पार्टीमा निवेदन

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका आकांक्षीहरूले पार्टी कमिटीमा निवेदन दिन सुरु गरेका छन्। 

    images

    सो क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको गत भदौ २६ मा निधन भएपछि सो पद रिक्त छ। 

    आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मिति तोकेसंगै यो क्षेत्रका लागि उम्मेदवार तय गर्न पार्टी जिल्ला कमिटीले कार्यदल गठन गरेको थियो।

    images

    जिल्लाका पार्टी कमिटी उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङदेम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन भएको थियो। सो कार्यदलका संयोजक समेत रहेका उपाध्यक्ष राईका अनुसार अहिलेसम्म ५ जनाले उम्मेदवारीका लागि निवेदन दिएका छन्। 

    जसमा नेम्वाङका छोरा सुहाङ नेम्वाङ पनि छन्। सुहाङसहित रविन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई र देवी क्षेत्री दुलालले निवेदन पेस गरिसकेका छन्।

    सुहाङ पेशाले अधिवक्ता हुन्। इलामबाटै एउटा फुटबल क्लब समेत चलाएका उनी पछिल्लो समय इलामका विभिन्न कार्यक्रममा सरिक हुन थालेका छन्।

     

     

  • सम्बन्धित विषय:

  • # सुहाङ नेम्वाङ