आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रियसभाको निर्वाचन यही फागुन २९ गते

एक्सप्रेस पाना
फाल्गुण २७, २०८० आइतबार
  • 258
    SHARES
  • राष्ट्रियसभाको  निर्वाचन यही फागुन २९ गते

    काठमाडौं । राष्ट्रियसभाको रिक्त अध्यक्ष पदको निर्वाचन यही फागुन २९ गते हुने भएको छ ।

    images

    आइतबार बसेको राष्ट्रियसभा बैठकमा सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले सो निर्वाचन फागुन २९ गते हुने गरी तोकेकी हुन् । उनले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसद्का महासचिवलाई निर्देशन समेत दिइन् ।

    “राष्ट्रियसभा नियमावली, २०७५ को नियम ७ बमोजिम राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनको लागि २०८० फागुन २९ गते मंगलबारको दिन तोकेको छु,” उनले भनिन्, “साथै, नियमावलीबमोजिम संघीय संसद्को महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्ष पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न निर्देशन दिन्छु ।”

    images

    राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएपछि अध्यक्षको निर्वाचन गर्नुपरेको हो ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रियसभा