आइतबार, भाद्र २८ गते २०८३
images

जनताको सेवा गर्न वरीयताले फरक पार्दैन : उपप्रधानमन्त्री यादव

एक्सप्रेस पाना
फाल्गुण २७, २०८० आइतबार
  • 308
    SHARES
  • जनताको सेवा गर्न वरीयताले फरक पार्दैन : उपप्रधानमन्त्री  यादव

    काठमाडौं । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्न वरीयताले फरक नपर्ने बताएका छन् । 

    images

    आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

    पटकपटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको तपाईंले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेपछिको वरीयतामा बस्न किन चाहनुभयो र ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नको जवाफमा उनले जनताको सेवा गर्नेलाई वरीयताको मतलब नहुने बताए । उनले ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ दिए ।

    images

    उनले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्वास्थ्योपचारलाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गरे ।


    उनले भने, “आवश्यक सर्जरीका लागि, बिरामीहरूको लामो लाइन लाग्ने जुन अवस्था रहेको छ । समय लिनका लागि, एपोइमेन्ट लिनका लागि त्यसलाई सहज बनाउने र त्यसलाई अनलाइन वा डिजिटल प्रविधिमार्फत घरैबाट पनि अपोइमेन्ट लिनसक्ने र लामो भीड नहोस् र समयमा सबैले उपचार र सेवा पाओस् । त्यसका लागि आवश्यक गर्नुपर्ने कार्यहरू गर्ने नै हो । स्वास्थ्य क्षेत्रको सुधार गर्ने प्रयास पहिला पनि गरेको थिएँ, राम्रो रहेको फिडब्याक आएको छ । अब त्यो भन्दा अझ अघि बढाउन सकिन्छ, बढाउनुपर्छ ।” 

    उनले स्वास्थ्य क्षेत्रको सुधार गर्दै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउनु आफ्नो पहिलो दायित्व रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # जनसंख्यामन्त्री उपेन्द्र यादव