मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सरकारले बनायो न्यूनतम साझा कार्यक्रम तय गर्न संयन्त्र

एक्सप्रेस पाना
फाल्गुण २७, २०८० आइतबार
  • 263
    SHARES
  • सरकारले बनायो न्यूनतम साझा कार्यक्रम तय गर्न संयन्त्र

    काठमाडौं । सत्ता गठबन्धनले सरकारका प्राथमिकता तय गर्न १० सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको छ ।

    images

    अर्थ मन्त्रालयमा आइतबार बसेको कार्यदलको पहिलो बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न संयन्त्र बनाएको हो । संयन्त्रमा सरकारमा सहभागी पाँच दलबाट २र२ जना छन् ।

    संयन्त्रमा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा एकीकृत समाजवादीबाट घनश्याम भुसाल र प्रमेश हमाल छन् ।

    images

    सत्ता समीकरणमा सामेल पाँच वटै दलबाट आएका धारणा समेटेर सरकारका प्राथमिकता तय गर्न एमाले नेता विष्णु रिमाललाई मस्यौदा बनाउने जिम्मेवारी दिइएको छ ।

    सरकारका आगामी कार्यलाई प्रभावकारी बनाउन प्राथमिकताका विषय समेटेर कार्यदलले प्रतिवेदन तयार पार्ने छ ।  बैठक मंगलबार पुन बस्ने भएको छ ।