बुधबार, भाद्र २४ गते २०८३
images

चाडपर्वले आन्तरिक राष्ट्रियता, सहकार्य र एकता थप सुदृढ बनाउँछ:प्रधानमन्त्री दाहाल

एक्सप्रेस पाना
फाल्गुण २८, २०८० सोमबार
  • 230
    SHARES
  • चाडपर्वले आन्तरिक राष्ट्रियता, सहकार्य र एकता थप सुदृढ  बनाउँछ:प्रधानमन्त्री  दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाडपर्वले आन्तरिक राष्ट्रियता, आपसी सद्‍भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन्।

    images

     ‘ग्याल्बो ल्होसार’ पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

    उनले नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था युगान्तकारी उपलब्धी भएको उल्लेख गरेका छन्।

    images

    ‘यी उपलब्धीको रक्षा एवं सुदृढीकरण गर्दै एक(अर्काको संस्कार र संस्कृतिको सम्मानसहित आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो,’ शुभकामना सन्देशमा भनिएको छ।

    पूर्वी हिमाली क्षेत्र लगायत देशका विभिन्न भूभागमा बसोबास गर्ने शेर्पा समुदाय लगायतले नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व रहेको प्रधानमन्त्रीले बताएका छन्। 

     

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री पुष्पकमल दाहाल