काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।
आइतबार प्रतितोला १४ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
.jpg)


