काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले मनोनयन दर्ता गरेका छन् ।
सत्ता गठबन्धनका उमेदवार दाहाल र कांग्रेस उम्मेदवार शर्माले सोमबार मनोनयन दर्ता गरेका हुन् ।
दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् भने शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् ।
मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा निर्वाचन हुनेछ ।
.jpg)


