काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने भएको छ ।
सोमबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभा र स्थानीय तहमा उम्मेदवार उठाउने तर प्रदेशमा नउठाउने निर्णय गरेको हो।
प्रतिनिधि सभा सदस्यका लागि इलाम(२ मा निर्वाचन हुँदैछ। त्यहाँ आफ्नै उम्मेदवार उठाउने निर्णय भए पनि उम्मेदवारको नाम भने तय गरिएको छैन।
इलाममा पार्टीको अवस्था र जनभावनाबारे बुझ्न पार्टीले ६ सदस्यीय टोली पठाएको थियो। उक्त टोलीले राम्रो उम्मेदवार पठाएमा नतिजा सकारात्मक हुन सक्ने निष्कर्ष बैठकमा सुनाएको थियो।
रास्वपाले पालिका र वडा तहमा पनि उम्मेदवार उठाउने भएको छ।
.jpg)


